Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : हिमाली भू–भागका हल्का हिमपात, तराईमा हावाहुरी

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसकारण अहिले प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया रहनेछ ।

आज दिउँसो प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पहाडी भूभागमा सामान्य बदलीसँग तराईमा विहानीको समयमा हुस्सु र कुहिरो कायमै रहने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077