Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईएमएफसँगको वार्ता असफल, जटिलतातर्फ पाकिस्तानी अर्थतन्त्र

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको वार्ता असफल भएपछि पाकिस्तानको आर्थिक स्थिति अनिश्चिततातर्फ धकेलिएको छ ।

सरकारी अधिकारी र आईएमएफबीच पाकिस्तानलाई एक अर्ब अमेरिकी डलरभन्दा बढी सहायता राशि उपलब्ध गराउनेसम्बन्धी वार्ता असफल भएपछि इस्लामावाद कठिन स्थितिमा पुगेको हो ।

शिथिल भएको देशको अर्थतन्त्रलाई गतिशील तुल्याउन तथा आर्थिक संकट उत्पन्न हुन नदिन पाकिस्तान सरकारले आईएमएफबाट प्याकेजमा सहायता जुटाउने प्रयास गरेको थियो।

सैनिक खर्च अधिक विनियोजन गरेको पाकिस्तान सरकारले अन्य क्षेत्रमा सन्तुलित रूपमा रकम विनियोजन गर्न नसक्दा आर्थिक स्थिति नाजुक बनेको आर्थिक विश्लेषकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077