Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रशिक्षण कार्यक्रममा सहभागी हुन धनगढी पुगे माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल धनगढी पुगेका छन्।

नेकपा एकीकृत समाजवादीको प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी धनगढी पुगेका हुन्।

आज नेकपा एकीकृत समाजवादीले धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकको आयोजना गरेको छ।

अध्यक्ष नेपाल भोलीसम्म धनगढीमा रहने छन्। आज प्रदेश कमिटीको बैठकमा सहभागी हुने र भोली प्रशिक्षण कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किने तालिका रहेको छ।

बैठकमा सहभागी हुन केन्द्रीय उपाध्यक्ष प्रदेश हमाल हिजै धनगढी पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077