Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालयका रुपमा विकास गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालयका रुपमा विकास गरिने प्रतिवद्धता जनाएका छन् ।

गेटा मेडिकल कलेज सञ्चालनको मागसहित प्रधानमन्त्री भेट्न पुगेका सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञलगायतको टोलीसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

'मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणा समेत गरेको थिएँ', उनले भने, 'गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने कुरा मेरा लागि गौरबको विषय हो ।'

यससम्बन्धी थप घोषणा प्रधानमन्त्री प्रचण्डले सोमबार कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077