Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनगढी पुगेका नेपालले भने- सुदूरपश्चिममा जस्तै अरु ठाउँमा पनि हाम्रो आवश्यकता महसुस होस्

धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा जस्तै अन्य ठाउँमा पनि सबैले समयमै आफ्नो पार्टीको आवश्यकता महसुस गर्ने विश्वास व्यक्त गरेका छन् ।

आइतबार समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले सबैतिर पार्टीको आवश्यकता महसुस हुनुपर्ने उल्लेख गरेका हुन् ।

‘एक जना व्यक्तिले पनि शक्ति सन्तुलनमा धेरै फरक पर्छ । सुदूरपश्चिम प्रदेशसभामा तपाईहरु चार जना हुनुहुन्छ । यहाँको सरकारमा हाम्रो पनि सहभागीता हुनु राम्रो कुरा हो,’ उनले भने, ‘अरु ठाउँमा पनि सबैले हाम्रो आवश्यकता समयमै महसुस गरुन ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले मुलुकले लामो समयदेखि अस्थिरता भोगेको बताउदै शासन सञ्चालन गर्ने कतिपय कुरासँग सहमत हुन नसकिने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गाँधमा राष्ट्रिय राजनीतिलाई सहमतिका साथ अघि बढाउनुपर्ने दायित्व आएको बताउदै उनले सहमतीको यात्रामा अघि बढ्न सक्नेमा विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077