Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मौद्रिक नीति समीक्षापछि नेप्सेमा ६१ अंकको गिरावट, ३ अर्ब ५ करोडको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछि खुलेको पहिलो दिनको सेयर बजार ६० अंकले घटेको छ ।

आइतबारको नेप्से परिसूचक ६०.७७ अंकले घटेर २१२१.८६ बिन्दुमा झरेको छ ।

आइतबारको सेयर बजार कारोबार खुलेदेखि नै निरन्तर रुपमा ओरालो लागेर बन्द भयो । यससँगै गत बिहीबारको तुलनामा परिसूचक २.७८ प्रतिशतले घट्न पुगेको छ ।

घटेको बजारमा कारोबार रकम भने गत बिहीबारको भन्दा बढेको छ । आइतबार नेप्सेमा ३ अर्ब ४ करोड ७७ लाखको सेयर कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको १४ करोड ३८ लाखको कारोबार हुँदा ङ्यादी ग्रुप पावरको ११ करोड २९ लाख र अपी पावरको ७ करोड ८० लाखको कारोबार भएको छ ।

सबैभन्दा धेरै गुमाउनेमा डब्लुएनएलबी रह्यो । यसको शेयरमूल्यमा ४.९५ प्रतिशतको गिरावट आउँदा प्रतिशेयर मूल्य ९६१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077