काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका कारण राष्ट्रपतिको सवारीका बेला सडक अवरोध भएको र आलोचना चाहिँ राष्ट्रपतिले खेप्नु परेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले उक्त आरोप लगाएका हुन्।
गालीगलौजको वातावरण उत्पन्न भएपछि मोटरसाइकलमा बस्दा आफूले सांसदको लोगो छोप्नुपरेको गुनासो समेत उनले गरे ।
'मैले लोगो छोप्नुपर्यो । म चढेको ‘बाइक अघि बढाऊ’ भनेर मुखमा मास्क लगाउनुपर्यो । किनभने, सांसदलाई पनि गाली गर्न थाले,' पन्तले भने ।
सांसद पन्तले यस्तो प्रणालीको समयानुकूल परिमार्जनको आवश्यकता रहेको बताए ।
प्रतिनिधि सभा र राष्ट्रिय सभालाई संयुक्त सम्बोधन गर्न शुक्रबार बानेश्वर पुगेकी राष्ट्रपति भण्डारीका कारण भएको सवारी अवरोधले उक्त दिन राजधानीको जनजिवन प्रभावित भएको थियो। उक्त विषयलाई लिएर चर्को असन्तुष्टिहरु पनि व्यक्त भइरहेका छन्।