Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनयुद्ध दिवसमा बिदा दिएकामा योगेश भट्टराई असन्तुष्ट, भन्छन् - फेरि अलग अलग बिदा किन ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले जनयुद्ध दिवसको दिनमा सार्वजनिक बिदा दिने सरकारको निर्णयको विरोध गरेका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सरकारको निर्णयको आलोचना गरेका हुन् । उनले मुलुकलाई अनावश्यक वैचारिक ध्रुवीकरणमा नफसाउन पनि आग्रह गरेका छन् । २००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समस्टी र उच्चतम् सफलता तथा गौरवस्वरुप गणतन्त्र र संविधान दिवस मानिँदै आएको भन्दै उनले अरु सबै यसकै अधिनस्थ भएको बताए । उनले लेखेका छन्, “२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समस्टी र उच्चतम् सफलता तथा गौरवस्वरुप गणतन्त्र र संविधान दिवस मानिँदै आएको छ । अरु सबै यसकै अधिनस्थ हुन् । फेरि अलग अलग बिदा किन ? मुलुकलाई अनावश्यक वैचारिक ध्रुवीकरणमा नफसाऔँ ।” १ फागुन २०५२ मा तत्कालिन नेकपा माओवादीले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हिंसात्मक आन्दोलन सुरु गरेको थियो । सोही दिनको सम्झनामा प्रचण्ड नेतृत्वको सरकारले बिदा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077