Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संघीयता र गणतन्त्रलाई उल्टाउने षडयन्त्रहरू देखापर्न थाल्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकको परिवर्तन उल्टाउने षडयन्त्रहरु देखापर्न थालेको टिप्पणी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउनका लागि भएको आन्दोलन र त्यसपछि प्राप्त संघीयता, गणतन्त्रलाई उल्टाउने षडयन्त्रहरू देखापर्न थालेको बताए ।

उनले संघीयतालाई बलियो बनाउनका लागि आवश्यक ऐनहरू अघि बढाउनका लागि सरकारको ध्यान केन्द्रित भएको धारणा राखे ।

संविधानले व्यवस्था गरेको तीन तहको राज्य संरचनालाई मजबुत तुल्याउन सके आगामी ५ वर्षभित्रै विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सक्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077