Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्र बैंकको निर्देशन- आज सार्वजनिक बिदा भए पनि बैंक खोल्नू

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) दिउँसो साढे १ बजेसम्मका लागि बैंक खोल्न निर्देशन दिएको छ।

सरकारले (फागुन १) सार्वजनिक बिदा दिएको भए पनि १० बजेदेखि दिउँसो १:३० बैंकहरु खोल्नका लागि राष्ट्र बैंकले निर्देशन दिएको हो।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। यसबारे गृह मन्त्रालयले सूचना समेत जारी गरिसकेको छ।

बैंकले सूचना जारी गर्दै भनेको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१०/२९ को निर्णयानुसार मिति २०७९/११/०१ गते सोमबारका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा रहेको व्यहोरा जानकारी गराइन्छ।

उक्त दिन नगद कारोबार, चेक क्लियरिङलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न विहान १०:०० देखि अपराह्न १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुहुन यो सूचना जारी गरिएको छ।’

राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077