Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रलाई सँगै राखेर दुर्गा प्रसाईले सुरू गरे महाअभियान

झापा । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान सुरू गरेका छन्।

काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो राजपरिवारका अन्य सदस्यहरूको पनि उपस्थितिमा प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हुन्।

उद्घाटन कार्यक्रममा पूर्वराजासहित उनका छोरा पूर्वयुवराज पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि उपस्थित थिए । धेरैपछि पूर्वराजाका बाबुछोरा एउटै कार्यक्रममा देखिएका हुन् ।

प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायीक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ महाअभियान’ सुरू गरेका हुन् ।

नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य रहेका प्रसाईंले अभियानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायतका नेतालाई निम्ता दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077