Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाली राष्ट्रिय महिला फुटबल टोली भारत प्रस्थान

काठमाडौं । भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोेली सोमबार भारत प्रस्थान गरेको छ।

भारतीय फुटबल संघको निमन्त्रणामा राष्ट्रिय टोली मैत्रीपूर्ण खेलका लागि भारत गएको हो।

राष्ट्रिय टोलीमा कप्तान रेनुका नगरकोटेले पुनरागमन गरे पनि कप्तानीमा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई नै निरन्तरता दिइएको छ।

नेपाली टोलीले आगामी बुधबार र शनिबार दुुई मैत्रीपूर्ण खेल खेल्नेछ। दुवै खेल चेन्नईको जवाहरलाल नेहरु स्टेडियममा हुनेछन्। खेल राति पौने ८ बजे हुनेछ।

गत भदौमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको थियो। त्यसपछि नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077