Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न विदेश सचिव क्वात्रा सोमबार साँझ बालुवाटार पुगेका हुन् ।

सोमबार नेपाल आएका क्वात्राले सोमबार साँझ नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

यसअघि उनले नेपालस्थित परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेट गरिसकेका छन् ।

भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077