Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारी साधन ठप्प

    काठमाडौं उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारी साधन ठप्प

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 468
    SHARES

    काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरूले आज बिहानैदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प पारेका छन् । नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेसँगै आज काठमाडौं उपत्यका भित्र कुनै पनि सार्वजनिक सवारी नचलेका हुन् ।

    १० बुँदे माग पूरा नभएसम्म यातायात ठप्प पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । उपत्यका बाहिर जाने लामो दुरीका सवारी साधन भने फाट्टफुट्ट चलेका छन्। नयाँ बसपार्क, कोटेश्वर, कलंकीलगायत बस काउन्टरहरू बन्द छ। अहिले चोक चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन्।



    ट्राफिकले ५ पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध व्यावसायीहरुहले सोमबार काठमाडौंको बालाजु क्षेत्रमा प्रदर्शन गरेका थिए । नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुउदेश्यीय प्रालिका महाप्रवन्धक, कर्मचारीलगायत ३० जना अपरिचित व्यक्तिले यातायात मजदुरलाई आक्रमण गरेको भन्दै यातायात मजदुर हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए ।



    आन्दोलनका क्रममा उनीहरूले दुइटा प्रहरी भ्यान, प्रहरी बिट जलाएका थिए भने ट्राफिक आइल्यान्ड भत्काएका थिए। प्रहरीमाथि ढुंगामुढा पनि गरेका थिए। त्यस्तै उनीहरूले बालाजुमा रहेको ल्होत्से मलमा पनि ढुंगामुढा गरी तोडफोड गरेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवसायी तथा मजदुरहरूलाई अहिले बिहान ८ बजे वार्ताका लागि बोलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार