Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यस्तो छ सरकार र आन्दोलनरत मजदुरबीच भएको ५ बुँदे सम्झौता (पूर्णपाठसहित)

    यस्तो छ सरकार र आन्दोलनरत मजदुरबीच भएको ५ बुँदे सम्झौता (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 477
    SHARES

    काठमाडौं । सोमबार साँझदेखि आन्दोलनमा उत्रिएको मजदुर संगठनहरु र सरकारबीच ५ बुँदे सम्झौता भएको छ ।

    आज बिहान ९ बजेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका भएको वार्ताबाट दुईपक्षबीच ५ बुँदे सम्झौता भएको हो ।



    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले आन्दोलन फिर्ता लिएको बताए।



    सोमबार नयाँ बसपार्कमा पक्राउ परेका मजदुरहरूलाई तत्काल फिर्ता गर्ने, मजदुरलाई हातपात गर्ने ल्होत्से कम्पनीका प्रबन्धक सुनिल कुँवर, पंकज मल्ललाई गिरफ्तार गरेर कारबाही गर्ने लगायतका सहमति भएको छ ।

    मंगलबार बिहान भएको वार्तापछि तत्काल आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका हुन्।

    नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले सोमबार नयाँ बसपार्क क्षेत्रमा तोडफोड र आगजनी गरेको थियो।

    लगत्तै आज सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका उनीहरु मंगलबार बिहान सरकारसँग वार्तामा जुटेका थिए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार