Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपबारे सुमना श्रेष्ठको प्रश्न- बलात्कारी आरोपीले राष्ट्रको प्रतिनिधित्व गर्न मिल्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले न्यायापालिकाको काम चुस्तदुरुस्त, पारदर्शी र सबैको पहुँचमा हुनुपर्ने बताएकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले न्यायापालिको चुस्तदुरुस्त र पारदर्शी नहुँदा कानुनी मुद्दामा समाज विभाजित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

सांसद श्रेष्ठले बलात्कार मुद्दा खेपिरहेका लामिछानेलाई क्रिकेट विश्वकप लिग २ मा सहभागी गराएर खेलाएकोमा प्रश्न उठाएकी छन् ।

उनले भनिन्, ‘राष्ट्रको प्रतिनिधि भएको व्यक्तित्वको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ? एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? यो कार्यले पीडितलाई झनै मानसिक यातनाको जोखिममा धकेलेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077