Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेश प्रदेशसभा बैठकमा कांग्रेसको अवरोध

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले मधेश प्रदेशसभाको आजको बैठक अवरुद्ध गरेका छन्।

प्रदेशसभा बैठक सुरु हुने बित्तिकै सांसदहरुले उठेर सदन चल्न नदिने बताएका हुन्।

कांग्रेसले प्रदेशसभा सदस्यहरूले बोलाएका अतिथिलाई संसदीय दलको कार्यालयमा प्रवेश गर्न नदिने भएपछि प्रदेशसभा बैठक अवरुद्ध पारेको हो।

कांग्रेसका प्रदेशसभा सदस्यहरुले बैठक संचालन गर्न नदिइएपछि प्रदेशसभाको बैठक १० मिनेटका लागि बैठक स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077