Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टी-२० लिग ‘स्पट फिक्सिङ’ प्रकरण : सीआईबीले बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल टी–२० लिगमा भएको भनिएको 'स्पट फिक्सिङ' सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले लामो अनुसन्धान गरी तयार पारेको रिर्पोट सरकारी कार्यालयलाई बुझाएको हो ।

१२ जनालाई प्रतिवादी बनाएर कारबाहीको माग गर्दै प्रतिवेदन प्रहरीले बुझाएको छ। घटनामा मुख्य अभियुक्त नेपाल टी २० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालियालाई बनाइएको छ।

सो प्रतियगिताका लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले अलुवालिया सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन्, बाँकी ७ जनालाई पक्राउ वा मुद्धा चलाउन सिआइबीले सरकार वकीलको कार्यालयलाई बुझाएको प्रतिबेदनमा उल्लेख छ ।

उनका अनुसार १२ जनालाई प्रतिवादी बनाईएको उक्त प्रतिवेदनमा तीन वर्ष कैद र ५० हजार जरिवाना हुनु पर्ने माग राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077