Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धनुषाबाट एकजना हुण्डी कारोबारी पक्राउ, चार लाखभन्दा बढी बरामद

धनुषा । धनुषाको लग्मा जटहीबाट हुण्डी कारोबार गर्ने एकजना पक्राउ परेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले स्रोत नखुलेको चार लाखभन्दा बढी रुपैयाँसहित धनुषाधाम नगरपालिका–०७ बस्ने ३८ वर्षीय जाबिर राईनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रदेश २–०२–००४ प ७५३४ नम्बरको मोटरसाइकलमा सवार राईनबाट स्रोत नखुलेको नेपाली ४ लाख छ हजार एक सय पन्ध्र रुपैयाँ बरामद गरिएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077