Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बिचौलियाको काम गरेको आरोपमा वाणिज्य विभागबाट तीनजना पक्राउ

    बिचौलियाको काम गरेको आरोपमा वाणिज्य विभागबाट तीनजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 456
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरिदिने भन्दै रकम माग्ने तीनजना बिचौलिया पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका-९ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।



    प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो–हल्ला गरी अशान्ति सिर्जना गरेपछि उनीहरूलाई पक्राउ गरेको हो ।



    पक्राउ परेका तीनैजनालाई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार