Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • १ केजी गाँजा र ५ सय ३८ ट्याबलेट नाईट्राभेटसहित ३ जना पक्राउ

    १ केजी गाँजा र ५ सय ३८ ट्याबलेट नाईट्राभेटसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 852
    SHARES

    फाइल तस्विर

    मकवानपुर । अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

    मकवानपुरको बकैया गाउँपालिका–५ कर्मचुली बस्ने राक्सीराङ गाउँपालिका–१ घर भएकी ३५ वर्षीया फुलमाया भुलुनलाई १ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।



    यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ३८ ट्याबलेट सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा तनहुँ देवघाट गाउँपालिका–४ बस्ने २१ वर्षीय सरोज भुजेल र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–९ बस्ने २३ वर्षीय जंगबहादुर तामाङ रहेका छन् ।

    वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना।१ ज ३५५३ नम्बरको सुमोलाई ईलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार