Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेको नागरिकता छानबिन माग गदै नाराबाजी गर्ने तीन जना पक्राउ

    गृहमन्त्री लामिछानेको नागरिकता छानबिन माग गदै नाराबाजी गर्ने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका तीनजना नेता पक्राउ परेका छन् ।

    शीतल निवासमा गृहमन्त्री लामिछानेको शपथग्रहण चलिरहेका बेला उनीहरूले प्रदर्शन गरेका थिए । पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्टसहित ३ जना रहेको प्रहरीले जनाएको छ ।



    प्रदर्शनस्थलबाट नेविसंघका भुवन भट्ट , विक्रम आदित्य गिरी, मनिष रायमाझी पक्राउ परेका हुन् ।



    पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार