Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृहमन्त्री रवि र अर्थमन्त्री पुनको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

    गृहमन्त्री रवि र अर्थमन्त्री पुनको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 360
    SHARES

    काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसनिकट नेविसंघले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजीनामा माग्दै प्रदर्शन गरेको छ ।

    बुधबार राजधानीस्थित नेपाल ल क्याम्पसबाट जुलुस निकाल्दै नेविसंघका कार्यकर्ताहरूले मन्त्रीद्वयको राजीनामा मागेका हुन् ।



    सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको नैतिकतामाथि प्रश्न गर्दै उनको राजीनामा माग गरिएको हो।



    त्यस्तै, अर्थमन्त्री पुन सुन प्रकरणमा मुछिएको भन्दै छानबिनको माग गरेको छ ।

    उनीहरूले गृहमन्त्री लामिछाने सहकारी ठगी र अर्थमन्त्री पुन सुन तस्करीमा संलग्न रहेको भन्दै तत्काल राजीनामा दिनुपर्ने र छानबिनको माग गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार