Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमान दुर्घटनामा ज्यान गुमाएकाको मुक्तिका लागि पशुपतिनाथमा महायज्ञ सुरु

काठमाडौं । विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको आत्माशान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ सुरू गरिएको छ ।

यती एयरलाइन्स र तारा एयरलाइन्सको आयोजनामा पशुपति क्षेत्रमा सञ्चालन भएको महायज्ञ तीन दिनसम्म सञ्चालन हुनेछ ।

विमान दुर्घटनामा ज्यान गुमाएकाको आत्माको शान्ति र भावी घटना निवारणको कामना गर्दै उक्त महायज्ञ सञ्चालन गरिएको हो ।

गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एटीआर जहाज पोखरामा दुर्घटना हुँदा चालक ४ जनासहित ७२ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, गत जेठमा मुस्ताङको थासाङ गाउँपालिकामा तारा एयरको जहाज दुर्घटना हुँदा चालकदलका सदस्यसहित २२ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077