काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने र देशका अन्य भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार राती पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।