Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेन्डरमा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जनयुद्ध दिवसलाई आफ्नो ‘वार्षिक क्यालेन्डर’ समेट्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद वैठकले यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय गरेको हो ।

क्यालेण्डरमा उल्लेख नभए पनि गएको पुस २७ र फागुन १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो ।

२०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने र बिदा व्यवस्थित गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता एवं संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

सन्तुलन मिलाउनका लागि पृथ्वीजयन्तीको बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा समावेश गर्ने मन्त्रिपरिषदको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077