Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालले देशव्यापी सघन प्रशिक्षण चलाउने

काठमाडौं । राप्रपा नेपालले सघन रूपमा देशव्यापी प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

राजधानीमा आज भएको जनवर्गीय संगठनका पदाधिकारी र सदस्यहरू सहभागी प्रशिक्षणमा अध्यक्ष कमल थापाले देशव्यापी सघन प्रशिक्षण सञ्चालन गर्ने बताएका हुन् ।

थापाले वैचारिक रूपमा प्रतिबद्ध र निष्ठावान् कार्यकर्ताको जमात सहितको धारिलो सङ्गठनले पार्टीलाई स्थापित गर्ने भएकोले प्रशिक्षणलाई पार्टीले उच्च प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

पार्टी र नेतृत्वमाथि योजनाबद्ध र षड्यन्त्रपूर्वक भ्रम सिर्जना गरिएको दाबी गर्दै उनले त्यसलाई तोड्न नेता कार्यकर्ता केन्द्रित हुनुपर्ने र जनता केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077