Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सत्ता गठबन्धन पाँच वर्षसम्म चल्छ : अर्थमन्त्री पौडेल

धनगढी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले गठबन्धनको सहयात्र‍ा काचो धागोमा अडिएको नभएकाले पाँच वर्षसम्म चल्ने दाबी गरेका हुन् ।

नेकपा एमालेले मिसन ग्रासरुट अभियानको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन गर्दै उनले बाहिर आएका हल्लाका पछाडि नलाग्न आग्रह गरे ।

राष्ट्रपति, उपराष्ट्रपति लगायतका सबै पदहरुमा पूर्व सहमति नै कार्यान्वयन हुने उनको भनाइ थियो ।

मन्त्री पौडेलले प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको आवश्यकता परेको भनिरहेको विषयलाई अन्यथा लिन नहुने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077