Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भावी राष्ट्रपति कांग्रेसबाटै बन्ने वातावरण बनिसक्यो, धेरै कुरा नगरौँ : उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् ।

नेपाली कांग्रेस वीरेन्द्रनगर कार्यसमितिको नगर सम्मेलनमा सहभागी हुन गृहजिल्ला सुर्खेत पुगेका नेता खड्काले नगर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने प्रशस्त वातावरण बनिसकेको बताए । 'धेरै कुरा नगरौँ,' उनले भने,'कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्नुहुन्छ।'

उनले निर्वाचनका बेला भएको गठबन्धन भित्रका दलहरू पनि नटाढिएको संकेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077