Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानको कराचीमा रहेको प्रहरी प्रधान कार्यालयमा आक्रमण

एजेन्सी । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा आक्रमण भएको छ ।

गएराति एक आक्रमणकारी समूहले प्रहरी मुख्यालयमा प्रवेश गरी गोली चलाएका हुन् ।

घटनापछि केन्द्र सरकार सिन्ध सरकारसँग निरन्तर सम्पर्कमा रहेको र सबै प्रकारको सहयोग गर्न तयार रहेको पाकिस्तानको गृह मन्त्रालयले जनाएको छ ।

सहरका अरु क्षेत्रबाट प्रहरी प्रधान कार्यालय कराचीमा थप सुरक्षाकर्मी पठाइएको छ । सुरक्षा सतर्कता बढाइएको बताइएको छ । क्षतिबारे थप विवरण आउन बाँकी छ ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले ट्विट गरी आक्रमणको जानकारी दिए । यो आक्रमणको जिम्मा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077