Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसपीको नेतृत्वमा पशुपतिनाथ क्षेत्रमा ३५ सय प्रहरी परिचालन, गाँजा बेच्न र सेवनमा रोक

काठमाडौं । शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाइएको हो ।

सुरक्षा योजना अनुसार शुक्रबार साँझदेखि नै प्रहरी परिचालन गरिएको थियो । थ्रेट एनालाइसिस गरेर काठमाडौँ प्रहरीले ३ सिफ्टमा प्रहरी परिचालन गर्ने योजना बनाएको छ ।

उपत्यका प्रहरी कार्यालयबाट शिवरात्रिको सुरक्षामा सादा पोसाकमा प्रहरी खटिनेछन् । पशुपति क्षेत्रमा गाँजा बेचबिखन र सेवनमा प्रहरीले रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077