Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सत्ता गठबन्धन भत्काउन विदेशी शक्ति लागिपरेका छन् : योगेश भट्टराई

सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन भत्काउन विदेशी शक्ति लागेको दाबी गरेका छन्।

शनिवार प्रेस चौतारी कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । भट्टराईले सत्ता गठबन्धन विदेशीले नभएर नेपाली माटोबाटै बनेको जिकिर गरे।

उनले भने, ‘यो गठबन्धन बनाउन कुनै विदेशीहरूको भूमिका छैन। हामीले बनाएका हौँ। नेपाली माटोबाटै उत्पादन भएको हो। यसमा कुनै रासायनिक मल राखेको छैन।अहिले गठबन्धन भत्काउन लाग्नेहरू बन्नेबेलामा सुतिरहेका थिए।

उनीहरूलाई शङ्कै थिएन ओली र प्रचण्ड मिल्लान् भनेर। हिजोसम्म झगडा गरेका थिए भन्ने लागेको थियो। त्यस बेलामा पत्तै नपाउनेहरुले अहिले थाहा पाएपछि हामी असफल भयौँ भनेर भत्काउन लागिरहेका छन्।’

अहिले सत्ता गठबन्धन भत्काउन लाग्नेहरूले गठबन्धन बन्दैछ भनेर थाहा नै नपाएको उनको भनाइ छ। सचिव योगेश भट्टराईले प्रचण्ड आफै एमालेलाई खोज्दै आएर गठबन्धन बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077