काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग-२ मा नेपालका कुशल मल्लले पनि अर्धशतक पूरा गरेका छन् ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको नामिबियाविरुद्धको खेलमा उनले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् ।
उनले ४ छक्का ४ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । नामिबियाविरुद्धको खेलमा यसअघि ज्ञानेन्द्र मल्लले ६५ र आशिफ शेखले ८१ रनको योगदान गरेका छन् ।
पहिले ब्याटिङ गरेको नामिबियाले २७५ रनको लक्ष्य दिएको थियो । कुशललाई नेपालका कप्तान रोहितकुमार पौडेलले क्रिजमा साथ दिइरहेका छन् । पौडेल पनि अर्धशतक नजिक छन् ।