Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपालको बराबरी

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि नेपाली महिला फुटबल टिमले भारतसँग गोलरहित बराबरी खेलेको छ ।

जवाहरलाल नेहरु स्टेडियम चेन्नाईमा सम्पन्न खेलमा दुवै टिमले गोल गर्ने थुप्रै अवसर सृजना गरे पनि त्यसलाई स्कोरमा परिणत गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

दुई मैत्रीपूर्ण खेलका लागि भारत भ्रमणमा रहेको नेपालले पहिलो खेलमा र २–२ गोलको बराबरी खेलेको थियो । यो मैत्रीपूर्ण खेल दुवै टिमले ओलम्पिक छनोटको तयारीका रुपमा खेलेका थिए ।

अन्तिमपटक काठमाडौंमा आयोजित महिला साफ च्याम्पियनसीपमा आमनेसामने भएपछि पहिलोपटक नेपाल र भारतबीच प्रतिस्पर्धा भएको हो ।

घरेलु मैदानमा आयोजित साफमा नेपालले सेमिफाइनलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077