Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आत्मघाती आक्रमणलगत्तै पाकिस्तानी तालिबानद्वारा थप आक्रमण गर्ने चेतावनी

एजेन्सी । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आत्मघाती आक्रमणलगत्तै पाकिस्तानी तालिबान समूहले थप आक्रमण गर्ने चेतावनी दिएको छ ।

तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले विज्ञप्ति नै निकालेर थप आक्रमणको चेतावनी दिएको हो ।

तालिबान समूहले शुक्रवार राति कराचीमा गरेको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको ज्यान गएको थियो ।

विज्ञप्तिमा सुरक्षा निकायले निर्दोष कैदीलाई फर्जी मुठभेडमा मारिएको भन्न रोक्नुपर्ने अन्यथा भविष्यमा हुने आक्रमण अझ गम्भीर हुने उल्लेख गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077