Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ढल्केबर–मुजफ्फरपुरबाट ८०० मेवागाट बिजुली निर्यात गर्न भारत सहमत

    ढल्केबर–मुजफ्फरपुरबाट ८०० मेवागाट बिजुली निर्यात गर्न भारत सहमत

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 501
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल र भारत ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत आयात निर्यात वृद्धि गर्ने सहमति भएको छ ।

    भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा हाल भइरहेको आयात-निर्यातको क्षमता २ सयले वृद्धि गरेर ८ सय मेगावट बनाउने सहमति भएको हो ।



    अहिले ६ सय मेगावाट मात्रै विद्युत आयात निर्यात भइरहेको छ । अब भने ८ सय मेगावाटसम्म विद्युत आयातनिर्यात हुने छ। नयाँ बुटवल-गोरखपुर ४ सय केभी प्रसारण लाइनअन्तर्गत भारतीय खण्डको निर्माण सन् २०२५ मार्चमा सक्ने पनि सहमति भएको छ ।



    संयुक्त निर्देशक समितिको १०औं बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन र प्रस्तावित प्रसारण लाइनबारे केही महत्वपूर्ण सहमति जनाएको छ। त्यस्तै टनकपुर–महेन्द्रनगर एक सय ३२ केभी विद्युत् प्रसारणबाट ७० देखि ८० मेगावाटसम्म विद्युत् आयात–निर्यात गर्ने सहमति भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार