Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्दै बङ्गलादेश

    नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्दै बङ्गलादेश

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 531
    SHARES

    फाइल फोटो

    काठमाडौं । बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्ने सहमति भएको हो ।

    नेपालमा उत्पादित विद्युत बंगलादेश निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी, विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको छ।



    बैठक नेपालका तर्फबाट ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र बंगलादेशबाट विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानको सहअध्यक्षतामा बंगलादेशको पतुवाखलीमा बैठक सम्पन्न भएको हो ।



    नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बङ्गलादेशबीच भएको छ । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार