Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बंगलादेशमा भएको आम चुनावमा ४० प्रतिशत मतदान

    बंगलादेशमा भएको आम चुनावमा ४० प्रतिशत मतदान

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 519
    SHARES

    एजेन्सी । बङ्गलादेशमा भएको आमचुनावमा झन्डै ४० प्रतिशत मतदान भएको छ ।

    दुई सय ९९ सिटका लागि भएको चुनावमा झन्डै ४० प्रतिशत मत खसेको हो ।



    तर प्रमुख विपक्षी पार्टी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले चुनाव बहिष्कार गरेको छ । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ ।



    अरू सत्तारूढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् । बीएनपीको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने पक्काजस्तै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार