Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बङ्गलादेशमा धागो निर्यातमा समस्या

    बङ्गलादेशमा धागो निर्यातमा समस्या

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 351
    SHARES

    काठमाडौँ । बङ्गलादेशमा धागो निर्यातका लागि नाका खुला भएको लामो समय बित्दा पनि निकासी हुनु सकेको छैन । नेपालबाट धागो निर्यात गर्न गत फागुनमा बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरे पनि अझै निर्यात हुन सकेको छैन ।

    लामो समयदेखि बन्द रहेको सो नाका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खुला भएको थियो । उद्योगी व्यवसायीले भने अझै धागो निर्यात गर्न सकेका छैनन् । नाका बन्द हुँदा धागो निर्यात नभएपछि व्यवसायीले नेपालबाट नजिक पर्ने बङ्गलाबन्ध–फूलबारी नाका खुलाउन माग गरेका थिए । नाका खुला भएको झन्डै एक वर्ष पुग्न लाग्दा पनि धागो निर्यात हुनु सकेको छैन ।



    नेपाल धागो उत्पादक सङ्घका सचिव उत्तम गौतमले प्रक्रियागत झन्झटका कारण धागो निर्यात गर्न नसकिएको जानकारी दिए । निर्यातका लागि बङ्गलादेशका व्यापारीसँग छलफल भइरहेको जानकारी उनले दिए । व्यापार विज्ञ रवि सैँजूले बङ्गलादेशमा धागो निर्यात गर्न नाका खुला भए पनि व्यवसायीले अझै निर्यात गर्न नसकेको जानकारी दिए ।



    “तत्काल पाँच अर्ब रुपैयाँको निर्यात गर्न सकिन्छ । बजार मिलाउन सके वार्षिक १५ अर्ब रुपियाँ बराबरको निर्यात गर्न सकिन्छ,” उनले भने । धागो निर्यात गर्न गुणस्तर कायम र भुुक्तानी प्रणालीमा समस्या रहेको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार