Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बङ्गलादेशले एक खेल अगावै जित्यो भारतविरुद्धको एक दिवसीय शृंखला

    बङ्गलादेशले एक खेल अगावै जित्यो भारतविरुद्धको एक दिवसीय शृंखला

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला एक खेलअघि नै बङ्गलादेशले हात पारेको छ । मिरपुरमा भएको दोस्रो एकदिवसीय खेलमा बङ्गलादेशले भारतलाई पाँच रनले हराउँदै शृङ्खला जितेको हो ।

    बङ्गलादेशले दिएको दुई सय ७२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ६६ रनमात्र बनाउन सक्यो ।



    भारतका लागि श्रेयस अय्यरले ८२, अक्षर पटेलले ५६ र रोहित शर्माले नटआउट ५१ रन बनाए । बलिङतर्फ बङ्गलादेशका इबादत होसैनले तीन विकेट लिए ।



    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७१ रन बनायो । बङ्गलादेशका लागि मेहदी हसनले १०० रन बनाए ।

    यस्तै महमदुल्लाहले ७७ रन बनाए । बलिङतर्फ भारतका वाशिङ्टन सुन्दरले तीन विकेट लिए । अन्तिम खेल आउँदो शनिवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार