Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनका लागि सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको निर्वाचनका लागि सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रपतिको मनोनयनको दुई दिन अगाडि सर्वदलीय बैठक बोलाउने तयारी भएको हो ।

प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक राखेर राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने प्रयास गर्न लागिएको बताइएको छ ।

राष्ट्रपतिका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

सत्ताको नेतृत्व गरेको नेकपा माओवादीले राष्ट्रपतिमा सबै दलको मान्य हुने व्यक्तिलाई अघि सार्नुपर्ने अडानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077