Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेसका शीर्ष नेता बालुवाटारमा

काठमाडौं । राष्ट्रपति चयनका विषयमा छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्न सभापति शेरबहादुर देउवासहितको टोली बालुवाटार पुगेको हो । अहिले उनीहरुबीच छलफल जारी छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका कांग्रेसका शीर्ष नेताको टोली बालुवाटार पुगेका छन् ।

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दै अबको राष्ट्रपति चयनमा सहमति जुटाउन कांग्रेस नेताहरू बालुवाटार पुगेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077