Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपाले चैतमा विधान अधिवेशन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले चैतमा विधान अधिवेशन गर्ने तयारी गरेको छ।

पार्टीको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो।

अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिले काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने जनाईएको छ ।

आइतबार कार्यकारिणी समिति बैठक बसेको थियो। समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रपति, उपराष्ट्रपति चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग गर्न लागेको एकीकरण वा मोर्चालगायत विषयमा पनि बैठकमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077