Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम १ अर्ब ९४ करोड

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.६० अंकले घटेको छ। सोमबार परिसूचक २३.६० अंकले घटेर २ हजार ४६ विन्दुमा झरेको हो।

उच्च अंकले घटेको बजारमा ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी १७७ कम्पनीको घटेको छ।

३८ हजार ४१५ कारोबार मार्फत ६० लाख ९१ हजार ३५३ किता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब ९४ करोड ७६ लाखमा सीमित छ ।

त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको सोमबार २० करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ।

सोमबारको १३ उपसुचकहरु मध्ये म्युचुआल फण्ड र ट्रेडिङ बाहेक सबै कम्पनीमा आरालो लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077