Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा भएको भेटपछि नेपालले सहमतिका लागि पहल गर्न सुझाव दिएका हुन्।

भेटपछि नेपालले भने, ‘सहमतिको लागि मिलाउने काम प्रधानमन्त्रीले गर्नुपर्छ। तपाईंले पहल गर्नुस् भन्ने कुरा राखें । हाम्रो समझदारी बलियो होस् भन्ने हो। लामो यात्रामा जाऔं भनेको छु। राष्ट्रिय सहमतिका लागि प्रयत्न गरौं भन्ने हो।’

प्रधामन्त्री प्रचण्डले सहमतिका लागि घनिभूत छलफल भइरहेको बताए। नेपालसँगको भेटपछि पदाधिकारी बैठकका लागि प्रचण्ड पेरिसडाँडा गएका छन्।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077