Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपाललाई ओलीको प्रस्ताव - पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्नुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा आइतबार दिउँसो महाराजगन्जमा उनीहरुबीच भेटवार्ता भएको हो ।

स्रोतका अनुसार भेटमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतासहित नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् ।

यस्तै ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई समेत राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । यता माधव नेपाल राष्ट्रिय सहमति भए राष्ट्रपति बन्न तयार रहेको उनीनिकट एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।

त्यस्तै पार्टी विभाजनपछि विवाद व्यक्तिगत तवरमै चुलिरहेका बेला ओली र नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077