काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
जसकारण प्रदेश नं १, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ।
प्रदेश नं १ का पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।
प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।