दैलेख । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन टुटाउन एमाले अघि नबढ्ने बताएका छन्।
मंगलबार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन्।
भट्टराईले भने ‘एमालेका कारण कुनै हालतमा गठबन्धन टुट्दैन्, यो विजनेस एमालेले गर्दैन्। तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्थिर हुनुहुन्छ।’
सत्ता गठबन्धन टुटाउन एमालेले कुनै विजनेस नगर्ने पनि उनले दाबी गरे।
भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने र कांग्रेसले समर्थन कुरा नैतिक रुपमा पनि नमिल्ने बताए।