Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिका लागि आएको प्रस्तावबारे केही सोचेको छैन : माधव नेपाल

दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिका लागि आएको प्रस्तावबारे केही नसोचेको बताएका छन् ।

मंगलबार दाङ पुगेका नेपालले चाहाना राख्नु एउटा कुरा भएको बताएका हुन् । उनले आफू र आफ्नो पार्टीले केही सोचिसकेको अवस्था नरहेको बताए ।

त्यस क्रममा उनले पावर सेयरिङका सवालमा आफ्नो पार्टीको भूमिका हुनुपर्ने बताए । नेता नेपालले देशको हित गर्ने सन्दर्भमा सबै गम्भीर हुनुपर्ने बताए ।

उनले राष्ट्रपतिबारे चुनावअघि कांग्रेस र माओवादीसँग कुरा भएको भन्दै त्यस बेला आफूहरूले नाम अघि सारेको र त्यसमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवैले सहमति जनाएको बताए ।

उनले राष्ट्रपति निर्वाचनलाई पावर शेयरिङको रूपमा पार्टीको भूमिका हुनुपर्नेमा जोड दिए । राष्ट्रपतिका लागि कसैबाट ठोस प्रस्ताव नआएको दाबी गर्दै नेपालले आफू के बन्ने भन्ने बारे अझै सोचिनसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077