Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्याजदर तत्काल घटाउन माग गर्दै धनगढीका उद्योगी, व्यवसायी सडकमा

धनगढी । बैंक तथा वित्तीय संस्थाहरुले आफुखुसी व्याजदरमा वृद्धि गरेको भन्दै धनगढीमा व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।

उद्योग वाणिज्य संघ कैलालीको नेतृत्वमा विभिन्न व्यवसायमा संलग्न व्यवसायीहरूले यस विषयमा सरकार गम्भीर नभए थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरुको आन्तरिक खर्च कटौती गरी स्पे्रड दर ३ प्रतिशत कायम गर्नुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिनुपर्ने, व्याज बुझाउने म्याद ३५ दिनसम्म राख्नुपर्ने जस्ता माग पनि उनीहरुले गरेका छन् ।

धनगढी चौराहदेखि पार्कमोडसम्म निकालिएको विरोध र्‍यालीमा सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध व्यवसायीले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077